अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ
सोमबार, माघ २८, २०८१
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आइतबार रातिदेखि बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिए ।
डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
सोमबार, माघ २८, २०८१
गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।
ठमेलमा प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ
सोमबार, माघ २८, २०८१
ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ
आइतबार, माघ २७, २०८१
‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो।’
युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ
आइतबार, माघ २७, २०८१
पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजपुर नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।
भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ
आइतबार, माघ २७, २०८१
पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा
आइतबार, माघ २७, २०८१
मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।
खानेपानीका मिटर चोरीका घटना बढ्दो
आइतबार, माघ २७, २०८१
हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् ।
अब रारामा पर्यटक प्रहरी रहने
आइतबार, माघ २७, २०८१
रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
सात सय २६ केजी गाँजा बरामद
शनिबार, माघ २६, २०८१
गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।
पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी
शनिबार, माघ २६, २०८१
‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’
आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार
शुक्रबार, माघ २५, २०८१
जुगल गाउँपालिका १, तोरीबारीका सञ्चलाल तामाङकी श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कनर्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाल यौन दुरूपयोगमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय
शुक्रबार, माघ २५, २०८१
फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए । आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते रू चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
साताको लोकप्रिय

