Harsamaya
प्रहरीमाथि चक्कु प्रहार गर्ने चार जना पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

भक्तपुर - प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो । यस क्रममा एक प्रहरी घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो । प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसी घाइते भएका छन्हु । उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update