Harsamaya
हवाई फायर गरी  लागुऔषध कारोबारी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

जनकपुर - धनुषा प्रहरीले हवाई फायर गरी लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो । प्रहरीले मण्डलको साथबाट ब्राउन सुगर जस्तो देखिने करिब १४.४० ग्राम लागु औषध बरामद गरेको जनाएको छ ।

लागु औषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ७ र ८ जनाले लाठी, भाटा लगायतले आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ । सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको छ ।

पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update