विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका शौकत गएराति विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गरिएको थियो ।
जाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले बताए।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

