रुपन्देहीबाट ८ लाखको अवैध सामान बरामद
रुपन्देही - जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी रु आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध सामान, ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

