खैरो हिरोइनसहित पाँच युवक पक्राउ
बैतडी - खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो ।
उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

