लेनदेन विवादको कारण युवाको हत्या, ६ जना पक्राउ
सोमबार, चैत १८, २०८१
आर्थिक लेनदेनको विवादका कारण सर्लाहीका १९ वर्षीय राहुल साहको हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
आगजनी, तोडफोड र लुटपाट गर्ने ४१ जना पक्राउ
आइतबार, चैत १७, २०८१
संगठित रुपमा राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी
आइतबार, चैत १७, २०८१
जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जना पक्राउ
शनिबार, चैत १६, २०८१
प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
शनिबार, चैत १६, २०८१
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्।
ब्राउनसुगरसहित धनगढीबाट एक जना पक्राउ
शनिबार, चैत १६, २०८१
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
महानिरीक्षक थापाको निर्देशन : उच्च मनोबलका साथ परिचानल हुनुहोस्
शनिबार, चैत १६, २०८१
प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
फागु पुर्णिमामा पोखराको लेकसाइडमा खुकुरी हानाहान गर्ने चार युवा पक्राउ
शनिबार, चैत १६, २०८१
पक्राउ पर्ने युवाहरूमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोही ठाउँका २१ वर्षीय ईरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषध गाँजासहित दुई भारतीय पक्राउ
शुक्रबार, चैत १५, २०८१
थाइ एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको आगमन भन्सार एरियामा एक्सरे मेसिनद्वारा स्क्रिनिङ गर्ने क्रममा साथमा रहेको सुटकेशबाट उक्त वस्तु फेला परेको हो ।
अवैध लागूऔषध गाँजासहित दुई भारतीय पक्राउ
शुक्रबार, चैत १५, २०८१
थाइ एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको आगमन भन्सार एरियामा एक्सरे मेसिनद्वारा स्क्रिनिङ गर्ने क्रममा साथमा रहेको सुटकेशबाट उक्त वस्तु फेला परेको हो ।
बालिका बलात्कार गर्ने पक्राउ
शुक्रबार, चैत १५, २०८१
बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० लालपुर बस्ने ३५ वर्षीय बसन्त थारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई सोही नगरपालिका-१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी
शुक्रबार, चैत १५, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ जना भारतीय पक्राउ
बिहीबार, चैत १४, २०८१
साथै, उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
साताको लोकप्रिय

