Harsamaya
सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि
सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि ।

जनकपुरधाम - सिरहाको सिराहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शङ्कास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी तथा प्रवक्ता रमेश बहादुर पालका अनुसार उक्त वस्तु प्रेसर कुकर बम रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएका छन् ।

जिल्ला अदालत अगाडि भएको विस्फोटमा परी मधेश ल फर्मका सञ्चालकका छोरा २८ वर्षीय सौरभ यादव घाइते भएको जानकारी दिए।यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बम किन र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update