Harsamaya
 बाँसघारीमा लुकाइएको म्यागजिनसहित पेस्तोल बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापाको दमक नगरपालिका–५ स्थित बाँसघारीमा लुकाइछिपाइ राखिएको म्यागजिनसहित एक थान पेस्तोल बेवारिसे अवस्थामा बरामद भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो करिब ४ बजे स्वीप अपरेसन टोलीले खोजतलास गर्ने क्रममा बाँसको झ्याङमा लुकाइएको पेस्तोल फेला पारेको हो ।

बरामद पेस्तोलमा ‘मेड इन इटाली’ लेखिएको म्यागजिनसमेत रहेको प्रहरीले जनाएको छ ।

पेस्तोल बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले बरामद गरी कार्यालयमा ल्याएको छ । उक्त हतियार कसले र कुन प्रयोजनका लागि लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update