हत्या अभियोगमा पक्राउ
काठमाडौं - धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
यसैबीच, चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय पूर्णबहादुर लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको उक्त समाचारकक्षले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२ १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

