हत्या अभियोगमा पाँच जना पक्राउ
सोमबार, असार ९, २०८२
लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२८ वर्षीया महिलालाई बलात्कार गर्ने २३ वर्षीय हरदेव पक्राउ
सोमबार, असार ९, २०८२
हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका सुवर्ण कुमार पक्राउ
सोमबार, असार ९, २०८२
सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।
अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
आइतबार, असार ८, २०८२
उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
शनिबार, असार ७, २०८२
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध...
भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट भारतीय पक्राउ
शनिबार, असार ७, २०८२
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ
शुक्रबार, असार ६, २०८२
ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
प्रकाशको हत्या अभियोगमा बुद्ध र राम पक्राउ
शुक्रबार, असार ६, २०८२
घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो ।
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ
शुक्रबार, असार ६, २०८२
देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य विक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ अमला पक्राउ
शुक्रबार, असार ६, २०८२
अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
४५ लाखको अवैध समानसहित ट्रक प्रहरी नियन्त्रणमा
शुक्रबार, असार ६, २०८२
प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
प्रेमीमाथि छुरा प्रहार : घरको छतबाट हामफाल्दा युवती घाइते
शुक्रबार, असार ६, २०८२
छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन् । उनी गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।
मिटरब्याज आतंक फैलाउने ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन
शुक्रबार, असार ६, २०८२
२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।
साताको लोकप्रिय

