Harsamaya
अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
अविरल इन्द्रावती क्रसर उद्योगबाट चोरी भएको क्रसर बेल्ट ।

सिन्धुपाल्चोक - अविरल इन्द्रावती क्रसर उद्योगबाट करिब ६० लाख रुपैयाँ बराबरको क्रसर बेल्ट चोरी भएको छ। चोरी घटनामा संलग्नता रहेको आरोपमा प्रहरीले एस के बालुवा प्रशोधन प्रालिका वर्तमान सञ्चालक विनोद श्रेष्ठ र विशाल श्रेष्ठलाई अभियुक्त बनाएको छ।  अविरल इन्द्रावती क्रसर उद्योगले दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता गराएको छ। 

हिजो देउराली प्रहरी कार्यालयका हवल्दारको टोलीले चोरी भएको बेल्ट सहितको सामान बरामद गरेको हो। उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्तमध्ये विनोद श्रेष्ठलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । अर्का अभियुक्त विशाल श्रेष्ठ भने हालसम्म फरार रहेका छन् । अभियुक्त दुवै मेलम्ची -१३ का हुन् ।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update