Harsamaya
२४४ किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भोजपुर - भोजपुरमा २४४ किलो ७७० ग्राम गाँजासहित १९ वर्षीय युवक पक्राउ परेका छन्।

हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई मंगलबार बिहान ३ः३० बजे ६ बोरामा रहेको २४४ किलो ७७० ग्राम गाँजा, को.प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र एक थान मोबाइलसहित नियन्त्रणमा लिइएको हो।

बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update