
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ६ सय २५ ग्राम सहित थाइल्याण्डका नागरिक २८ वर्षीय KOPA CHANSA शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय शुकलाल स्याङतान, १८ वर्षीय किशोर र पर्सा वीरगंज महानगरपालिका-२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०४ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७६३४ नम्बरको मोटरसाइकल चालक धनुषा शहिदनगर नगरपालिका-८ बस्ने २२ वर्षीय रजनिश यादवलाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २८ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट र काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२३ नम्बरको हायसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३१ वर्षीय बद्री पुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, एनारगन ८ सय ट्याब्लेट र नगद १० हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने गौरादह नगरपालिका-४ घर भएका २४ वर्षीय अनुभव दर्नाल, दमक नगरपालिका-१ घर भएका २६ वर्षीय सुरज कुमाल, सोही नगरपालिका-६ घर भएका २९ वर्षीय सुमन दर्जी र सोही नगरपालिका-७ घर भएका ३४ वर्षीय बिर बहादुर पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सम्राट होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७३ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दिपक विसी र दार्चुला महाकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय नरसिंह महरा रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्रउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ शहिद गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय जिवन चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाँघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सरोज रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ पशु हाटबजार बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय डिल बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मनकामना चोक बस्ने ३६ वर्षीय बरूण लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।