Harsamaya
६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ अमला पक्राउ
सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ अमला रोक्का ।

काठमाडौं - सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update