Harsamaya
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात् ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौँ नेपालीका बारेमा सबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन । यसमा स्पष्ट हुन आवश्यक छ ।’
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्‍याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण...
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’ रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्‍याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।
बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु
बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु अहिले प्रहरीको सहयोगमा एकतर्फी रूपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करिब ११ बजेबाट एकतर्फ रूपमा बाटो सञ्चालनमा आए पनि हिले दुई तर्फी रूपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा...
आफ्नै ससुराको हत्या अभियोगमा  ज्वाँई पक्राउ
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको  पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित)
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित) नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ६ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।
रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन
रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार बसेको बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
Weather Update