Harsamaya
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
नेकपा एमालेका सांसद महेश बर्तौला ।

काठमाडौं - नेकपा एमालेका सांसद महेश बर्तौलाले संसदमा केही सांसदहरूले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरू हुँदै आइरहेको बताएका हुन् ।

उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले खेतबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रबन्ध गरिनुपर्ने बताए । उनले सिङ्गो देश मलको समस्यामा रहेकोले मलको व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update