-1752056227.jpg)
सुर्खेत - कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरा सुन्दरी, रुकुम पश्चिमको आठबिसकोट र जाजरकोटको छेडगाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी कोरिडोर अन्तर्गत डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–१ छल घाट स्थित ६ असारदेखि पानीको बहाव बढी भई सडक अवरुद्ध रहेको छ ।
त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको बहाव बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भिर गिट्टि खोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको छ ।