Harsamaya
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौँ नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।

संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा नभई त्यहाँ गएका अन्य सयौँ नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात् ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौँ नेपालीका बारेमा सबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन । यसमा स्पष्ट हुन आवश्यक छ ।’

बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्ति नबुझेर अपव्याख्या भएको भन्दै एमालेका सांसदहरूले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update