उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन : एनपी साउद (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आएका उखु किसानहरूले हरेक पटक सरकारबाट आश्वासन पाएपछि आन्दोलन स्थगित गर्दै गाउँ फर्कने गरेको बताए ।
‘लिपुलेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’
शुक्रबार, भदौ १३, २०८२
उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जाँदा लिपुलेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्ने भन्दै संयुक्त राष्ट्र संघमा पनि यसबारे कुरा उठ्नु पर्ने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली
शुक्रबार, भदौ १३, २०८२
सांसद पराजुलीले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रको प्रत्यक्ष सहमति बिना कुनै पनि सम्झौता वैधानिक हुन सक्दैन ।
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार
शुक्रबार, भदौ १३, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका हुन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, साउन २१, २०८२
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, असार ३१, २०८२
प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले
बुधबार, असार २५, २०८२
उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात् ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौँ नेपालीका बारेमा सबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन । यसमा स्पष्ट हुन आवश्यक छ ।’
भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठुलो मानवीय तथा भौतिक क्षति (भिडियोसहित)
बुधबार, असार २५, २०८२
त्यसै गरी, स्थलगत उद्धार मार्फत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीयाँ पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २...
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
बुधबार, असार २५, २०८२
गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
बुधबार, असार २५, २०८२
तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’
बुधबार, असार २५, २०८२
रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ’
सोमबार, असार ९, २०८२
यसै गरी मन्त्री यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको छ । ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न...
इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार
सोमबार, असार ९, २०८२
११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैर कानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।
साताको लोकप्रिय

