Harsamaya
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार
राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।

सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update