अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान
आइतबार, वैशाख १४, २०८२
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी केही दिन अघि मात्र स्वास्थ्य उपचारका लागि हिरासतबाट छुटेका थिए । हिरासतबाट छुटेर उनी उपचारका लागि भारत गएका थिए।

खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं
आइतबार, वैशाख ७, २०८२
उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भागभण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।

राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ
आइतबार, वैशाख ७, २०८२
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् ।

देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी
मंगलबार, चैत २६, २०८१
उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरूले बनाएको हो ? खुबै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरू । आज यहीँबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भट्टराईले पनि बुझ्नुपर्छ, राजाका पालामा...

राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन, घुसपैठ रोक्न हजारौं स्वयंसेवक खटाइने
मंगलबार, चैत २६, २०८१
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छ’
सोमबार, चैत २५, २०८१
उनले भने, ‘मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली (मंगलबार) बल्खु क्षेत्रमा गर्ने प्रदर्शन पनि शान्तिपूर्ण र अहिंसात्मक हुनेछ । विरोध प्रदर्शन भद्र अवज्ञाको रूपमा, सत्याग्रहको रूपमा हामीले अगाडि बढाउँछौं

‘चैत २६ गते राप्रपाको कार्यक्रम भृकुटीमण्डपमा गर्न नदिने’
आइतबार, चैत २४, २०८१
‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग
शुक्रबार, चैत २२, २०८१
उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए । ‘प्रजातन्त्र भनेको गरिव जनताको हित गर्ने हो । त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सिमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ । प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन्,’ उनले भने ।

गणतन्त्रवादीहरूले राजालाई बदनाम गरे, झूटा आरोप लगाए : कमल थापा
बिहीबार, चैत २१, २०८१
उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झूटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरू एकठाउँमा उभिनु बाहेक अर्को विकल्प छैन ।’

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा
बिहीबार, चैत २१, २०८१
राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्य विरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन
सोमबार, चैत १८, २०८१
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए ।

तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग
शनिबार, चैत १६, २०८१
उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने योजनाको साथ...

भोलिको आन्दोलनमा सहभागी हुन राप्रपाको आव्हान
बिहीबार, चैत १४, २०८१
बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीको नाम, छाप र प्रबक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो ।
साताको लोकप्रिय