राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपाको प्रदर्शन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए ।
राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिदै आएको छ । त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेनजी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ ।
राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

