Harsamaya
सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्‍यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
फाइल फोटोः हर समय/harsamaya

सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।

राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको पार्टीले जनाएको छ। कार्यसमितिको बैठक तथा छलफलपछि तयार पारिएको नामावली प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा पठाइएको हो।

प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा पशुपति शमशेर जङ्गबहादुर राणालाई सिफारिस गरिएको छ। साथै कुमारी तामाङ, ई. गोपीकृष्ण चौलागाईं र देवराज गुरुङको नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ।

राणा विघटित प्रतिनिधिसभाका सदस्य रहेका थिए भने कुमारी तामाङ हाल बागमती प्रदेशसभा सदस्य छिन्।त्यस्तै इन्जिनियर गोपीकृष्ण चौलागाईं राप्रपाका केन्द्रीय सदस्य (४० वर्षमुनि) हुन् भने देवराज गुरुङ क्षेत्रीय सचिव रहेका छन्।

यस्तै समानुपातिकतर्फ खस/आर्य कोटामा उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस भएका छन् । आदिवासी जनजाति कोटातर्फ नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस भएका छन्।

समानुपातिक आदिवासी जनजाति महिलातर्फ सम्झना भट्टराई माझी, हिरामाया तामाङ र सकुमाया गुरुङ सिफारिस हुँदा महिलातर्फ सुन्तली ढुङ्गेल र गोमा अधिकारी सिफारिस भएका छन्। क्षेत्रीय अध्यक्ष कुमारी तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त उम्मेदवारहरूको नामावली जिल्ला कार्यसमितिमा सिफारिस गरिएको जनाइएको छ।

rpp-1766418021.jpg
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update