हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन
सोमबार, चैत १८, २०८१
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए ।

तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग
शनिबार, चैत १६, २०८१
उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने योजनाको साथ...

भोलिको आन्दोलनमा सहभागी हुन राप्रपाको आव्हान
बिहीबार, चैत १४, २०८१
बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीको नाम, छाप र प्रबक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो ।

राजसंस्था पुन:स्थापनाका लागि राप्रपा आन्दोलनमा होमियो
मंगलबार, चैत १२, २०८१
प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले आन्दोलन गरे पनि समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए।

ज्ञानेन्द्र शाहीले काँग्रेस सभापति देउवालाई भने - बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ
सोमबार, चैत ११, २०८१
हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्व राजा शाह संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका हुन् ।

राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए ।

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता पक्राउ
आइतबार, चैत ३, २०८१
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।

राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर
शनिबार, चैत २, २०८१
शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन् । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : राप्रपा महामन्त्री राणा
बुधबार, फागुन २८, २०८१
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।

संसदमा राप्रपाको चेतावनी: २५ गतेको भीड ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी
मंगलबार, फागुन २७, २०८१
सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ...
-1741535510.png)
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
आइतबार, फागुन २५, २०८१
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।

देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ - राजेन्द्र लिङ्देन
आइतबार, फागुन १८, २०८१
पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे ।
साताको लोकप्रिय