Harsamaya
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
बागमती प्रदेशमा आज सार्वजनिक बिदा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा  दिने निर्णय भएको हो ।
कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल
कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल सम्झौताका माध्यमबाट संघीय र प्रदेश सरकारबिच पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास हुने बताइएको छ । यसै गरी, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले कर्णालीमा पछाडि परेको खानेपानी क्षेत्रले यो आयोजनाबाट नयाँ दिशा पाउने विश्वास व्यक्त गरे ।
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, बिहान ११ बजे बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१...
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ ।
भारत र पाकिस्तान दुबैलाई संयम हुन राष्ट्रसंघकाे आग्रह
भारत र पाकिस्तान दुबैलाई संयम हुन राष्ट्रसंघकाे आग्रह संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ । गत वैशाख १९ गते  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
तिनवटा मासैमी प्रणाली सक्रिय, यी प्रदेशमा वर्षाको सम्भावना
तिनवटा मासैमी प्रणाली सक्रिय, यी प्रदेशमा वर्षाको सम्भावना देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको...
तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल काममा केही चुनौती देखिए पनि मेहनत गर्दा सफल भइनेछ ।  सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। व्यावहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो...
गण्डकी कोटिहोममा आज सामूहिक व्रतबन्ध गरिदैं
गण्डकी कोटिहोममा आज सामूहिक व्रतबन्ध गरिदैं सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदैछ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण हुने जानकारी गराएका छन् ।  गण्डकी कोटिहोममा हाल श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ भव्य रूपमा चलिरहेको छ । 
एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा
एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग  सहकार्य गरेर नेपालको उन्नतिमा  साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
एमाले नेता प्रदिप नेपालको निधन
एमाले नेता प्रदिप नेपालको निधन उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए। रोगले थलिएका उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए।
त्रियुगा नदीले बस बगायो
त्रियुगा नदीले बस बगायो गएराति जन्ती पुर्‍याएर फर्किने क्रममा त्रियुगा नदीमा बस फसेको थियो । बसमा चालक र सहचालक मात्रै रहेकाले उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय सिवाईले जनाएको छ  । 
Weather Update