पहिरोले अरनिको राजमार्ग अवरुद्ध
बिहीबार, असार २६, २०८२
बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक
बिहीबार, असार २६, २०८२
काँग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।
माओवादी केन्द्र र यादव नेतृत्वको नेसपाबीच एकता महाधिवेशन हुने
बिहीबार, असार २६, २०८२
नेसपाका अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बिहीबार, असार २६, २०८२
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी: लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
बिहीबार, असार २६, २०८२
गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधिसम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन्। कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रमहरू सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव
बिहीबार, असार २६, २०८२
जलवायु परिवर्तनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
बिहीबार, असार २६, २०८२
उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, असार २६, २०८२
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
आज गुरु पूर्णिमा
बिहीबार, असार २६, २०८२
असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा
बिहीबार, असार २६, २०८२
कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : मेषलाई नयाँ अवसर, वृषको व्यावसायिक अल्झन र कन्यालाई आर्थिक लाभ
बिहीबार, असार २६, २०८२
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यावसायिक अल्झन देखा पर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव (भिडियोसहित)
बुधबार, असार २५, २०८२
पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ ।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
बुधबार, असार २५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

