Harsamaya
पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक - पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा बिहीबार बिहान पहिरो खस्अदा रनिको राजमार्ग अवरुद्ध भएको हो ।

बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । अहिले सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update