माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२ ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय