बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु
काठमाडौं - पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एक तर्फी रूपमा सुचारु भएको छ । नवलपरासी जिल्लाको (बर्दघाट सुस्ता पश्चिम) मा बर्दघाट नगरपालिका ४ अन्तर्गत पर्ने दाउन्ने जङ्गलको खुर्सानी खोला स्थित पूर्वपश्चिम राजमार्गमा सडक भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको थियो ।
अहिले प्रहरीको सहयोगमा एकतर्फी रूपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करिब ११ बजेबाट एकतर्फ रूपमा बाटो सञ्चालनमा आए पनि हिले दुई तर्फी रूपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए । बिहान करिब ५ः५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि बाटो बन्द भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

