आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ १३, २०८२
पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको मृत्यु
सोमबार, जेठ १२, २०८२
सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् ।
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
सोमबार, जेठ १२, २०८२
मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काम, करियर र सम्बन्ध: राशिफलको नजरमा तपाईंको आजको यात्रा
सोमबार, जेठ १२, २०८२
आज २०८२ जेठ १२ गते सोमबार। आजको दिन विभिन्न राशिहरूको लागि अनेकौं सम्भावनाहरू, चुनौतीहरू र अवसरहरूको संकेत गर्दै आएको छ। कुनै राशिको लागि प्रेममा सफलता छ भने, कसैको लागि स्वास्थ्यमा सचेत रहनुपर्ने सन्देश दिइएको छ।
अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन
आइतबार, जेठ ११, २०८२
गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरूलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरूलाई पनि धरौटीमा रिहा गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
माटो अनलोड गर्ने क्रममा ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु
आइतबार, जेठ ११, २०८२
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार पासवानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।
रोशनी शाही मृत फेला
आइतबार, जेठ ११, २०८२
जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।
विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने
आइतबार, जेठ ११, २०८२
महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनको लागि पाँचवटा डुङ्गा खरिदको प्रक्रियामा गइरहेको र डुङ्गाको लागि पनि तालिमको छिटै व्यवस्था गरिने बताए ।
१० महिनामा ३१ गैंडा मरे
आइतबार, जेठ ११, २०८२
करिब एक वर्ष छ महिनायता चोरीसिकारीका कारण गैँडा नमरेपछि शून्य चोरीसिकारी वर्षका रूपमा मनाइएको छ तर प्राकृतिक रूपमा भने गैँडा मर्ने क्रम रोकिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले प्राकृतिक रूपमा गैँडा मर्नुलाई सामान्य लिनुपर्ने बताए । चोरी सिकारीका कारण चितवन राष्ट्रिय निकुञ्जमा यो...
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
आइतबार, जेठ ११, २०८२
कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडिको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू भागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन...
तनहुँको मादी पुलबाट खस्यो जिप, तीन जनाको मृत्यु
आइतबार, जेठ ११, २०८२
गए राती भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार, जेठ ११, २०८२
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। सुखद समाचारले उत्साह जगाउने छ। दिगो काम प्रारम्भ गर्ने समय छ।
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते
शनिबार, जेठ १०, २०८२
बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौंको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
साताको लोकप्रिय

