आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
बुधबार, जेठ १४, २०८२
हाल मनसुनको अवस्था: अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम-मध्य र उत्तरी बङ्गालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडी र उत्तर पूर्वी भूभागका बाँकी भूभाग तथा पश्चिम बङ्गाल र सिक्किमका केही भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, जेठ १४, २०८२
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । रकम तथा भौतिक साधन...
यातायात व्यवसायी आन्दोलनमा, अनिश्चितकाल सवारी साधन नचलाउने चेतावनी (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले प्राइभेट गाडीमा मानिस राख्न पाउने नियम बनाउनु नै आन्दोलनको ठूलो कारण बनेको बताए । यस विषयमा सरकार गम्भिर नभएका कारण यातायात व्यवसायीले दुःख पाएको बताए ।
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने
मंगलबार, जेठ १३, २०८२
विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिए ।
मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस
मंगलबार, जेठ १३, २०८२
उनीहरूले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, शहीद परिवारका सदस्यहरूका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बीमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र शहीद परिवारका छोराछोरोहरूलाई शिक्षामा छात्रवृत्ति दिनुपर्ने माग राखेका छन् ।
जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु
मंगलबार, जेठ १३, २०८२
घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ बर्षिय नन्द तिरूवा र अन्दाजि २२ बर्षिय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाई कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर
मंगलबार, जेठ १३, २०८२
उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मावन अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मीहरू नै असुरक्षित रहेको, समाचार संकलनका लागि खटिंदा उनीहरूलाई हतोत्साहि बनाएको, सञ्चारगृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचितमा पर्ने अवस्था उत्पन्न भएको सूचनाहरू आयोगले प्राप्त गरिरहेको छ ।’
सातवटै प्रदेशमा कोटिहोम गर्नसके धार्मिक पर्यटनको विकास हुन्छ - देवी प्रतिभा
मंगलबार, जेठ १३, २०८२
उनले भने,‘नेपालको धार्मिक स्थलहरूको अधिक रूपमा प्रचारप्रसार गर्न जरुरी छ । पोखरामा कोटिहोम भएका कारणले पर्यटकीय स्थलहरू, धार्मिक मठ मन्दिरहरूको प्रचार भइरहेको छ । यही प्रकारको कोटिहोम सबै प्रदेशमा भयो भने तीव्र गतिले हाम्रो देशको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार हुने थियो ।’
अस्ट्रेलियाको क्विन्सल्याण्डमा ‘तामाङ सोसाइटी’ गठन, अध्यक्ष बने विजय तामाङ
मंगलबार, जेठ १३, २०८२
संस्थाको कार्यकाल सन् २०२७ सम्म रहनेछ। गैरसरकारी संस्था (NGO)का रूपमा दर्ता गरिएको यो सोसाइटीले सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। संस्थाले स्थापना प्रक्रियामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता
मंगलबार, जेठ १३, २०८२
१५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार सङ्गठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
मंगलबार, जेठ १३, २०८२
बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा...
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
मंगलबार, जेठ १३, २०८२
अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
मंगलबार, जेठ १३, २०८२
माैसम पूर्वानुमान महाशाखाका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
साताको लोकप्रिय

