Harsamaya
बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु, घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार
बाजुरामा जिप दुर्घटनामा परी घाइते भएकाको सेनाको हेलिकप्टरबाट उद्धार ।

बाजुरा - बाजुरामा जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हिमाली गाउँपालिका- ५  क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

वडा नम्बर ५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त सडक कच्ची थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको थियो । 

दुर्घटनामा घाइते भएका जिप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update