Harsamaya
भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको हो । दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाइएको छ ।

त्यसै गरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update