विपद् जोखिममा परेका परिवारलाई त्रिपुरासुन्दरीले बनाइदियो अस्थायी आवास

सिन्धुपाल्चोक - त्रिपुरासुन्दरी गाउँपालिकाले विपद् जोखिममा परेका परिवारलाई अस्थायी आवासको व्यवस्था गरेको छ ।
वर्षाका कारण आएको पहिरोले घर जोखिममा परेका पाँच परिवारलाई गाउँपालिकाले अस्थायी आवासको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
त्रिपुरासुन्दरी गाउँपालिका - ५ का पातखर्क, विगल र चकचमामा रहेका पीडित परिवारलाई खानेपानीको पाइप, त्रिपाल, प्लाष्टिक वितरण गरेको बोहोराले बताए ।
घर नजिकै पहिरो खसेको छ भोलि नराम्रो घटना नहोस् भनेर अस्थायी आवास निर्माण गरी पीडितलाई सारिएको अध्यक्ष बोहोराले बताए ।
उपाध्यक्ष गिता कुमारी नेपाल, विपद् सम्पर्क व्यक्ति विज्ञान बोहरा तथा पिस्कर प्रहरी प्रमुख कृष्ण नन्दन पाण्ड्यले पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय