Harsamaya
सवारी दुर्घटनामा १५ जनाको मृत्यु, मधेशमा मात्रै ५ जनाले गुमाए ज्यान
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।

गत २४ घण्टामा सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ । मधेशमा दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कोशी प्रदेशमा १ जनाको मृत्यु हुँदा ३१ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा १ जनाको मृत्यु र ८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु हुँदा ३५ जना घाइते भएका छन् ।

गण्डकी प्रदेशमा भने मानवीय क्षति नभए पनि ३६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा मृत्युको घटना नभए पनि १४ जना घाइते भएका छन् । 

मधेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकले सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको जोखिमलाई पुनः उजागर गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update