Harsamaya
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशको हिमाली र पहाडी भूभागमा मौसम मख्यतया सफा देखि आंशिक बादल रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update