Harsamaya
काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - सत्तारुढ दल  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दै छ ।

पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update