झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर - झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका– ६ का ३५ वर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो भने गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरीको उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएको छ ।
सोही दिन साँझ झापाको गौरादह नगपालिका– ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घटना स्थलमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय