Harsamaya
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सप्तरी - सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु भएको छ । 

अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update