प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।
यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय