महानगरले थाल्यो शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा
मंगलबार, चैत १०, २०८२
बैठकले महानगरलाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयको परिचय पाटीमा नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिनेलगायत निर्णय गरेको छ ।
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु
मंगलबार, चैत १०, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही चैत १ गते अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायरगरेको हो ।
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
मंगलबार, चैत १०, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा
मंगलबार, चैत १०, २०८२
नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन् ।
छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदैं
मंगलबार, चैत १०, २०८२
विधिपूर्वक छठ पर्व मनाउँदा परिवारका सदस्यलाई भएको छालासम्बन्धी रोग निको हुने र श्रीमानको आयु लामो हुने धार्मिक मान्यता रहेको व्रतालुहरूको विश्वास छ । भोलि अर्थात् पूजाको चौथो दिन उदाउँदो सूर्यलाई व्रतालुले अर्घ अर्पण गरेपछि पूजा सम्पन्न हुनेछ ।
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
मंगलबार, चैत १०, २०८२
जेनजी मुभमेन्ट नेपालले सरकारलाई यही १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम समेत दिएको छ । उक्त समयसीमाभित्र माग पूरा नभए शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
मंगलबार, चैत १०, २०८२
यसैगरी,सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो ।
ट्रकको ठक्करबाट उमेशको मृत्यु
मंगलबार, चैत १०, २०८२
ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
मंगलबार, चैत १०, २०८२
उनीहरुले मंगलबार जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग
मंगलबार, चैत १०, २०८२
त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए ।
बागमती नदीमा बेपत्ता भएका स्याङ्तानको शव तीन दिनपछि फेला
मंगलबार, चैत १०, २०८२
इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि निरन्तर खोजी कार्य जारी राखेको थियो।
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
यी प्रदेशमा पर्दैछ पानी
मंगलबार, चैत १०, २०८२
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ ।
साताको लोकप्रिय

