Harsamaya

पर्वत -  पर्वतस्थित मोदी खोलाको शाखा किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

आज बेलुकी ८ः४० बजे जारी सूचनाअनुसार, अर्को सूचना जारी नभएसम्म कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्र, नयाँपुल, वीरेठाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको हो।

प्रशासनले मोदी नदी करिडोरमा आवागमन नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

खोला पहिरोले थुनिएका कारण पानी जम्मा हुँदै जाँदा अचानक बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update