आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
सोमबार, माघ २८, २०८१
दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते
सोमबार, माघ २८, २०८१
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्लेको मृत्यु भएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइहरेको छ ।
ओभरटेक गर्दा मोटरसाइकल छिर्यो ट्रकभित्र, एकको मृत्यु
सोमबार, माघ २८, २०८१
प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै
सोमबार, माघ २८, २०८१
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको थियो ।
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते
सोमबार, माघ २८, २०८१
रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
सोमबार, माघ २८, २०८१
छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । ‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा पौडेलले भने । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो...
तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपात
सोमबार, माघ २८, २०८१
कोशी , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
कस्तो छ आजको तपाईंको राशिफल ?
सोमबार, माघ २८, २०८१
मीन
सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
आइतबार, माघ २७, २०८१
‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते
आइतबार, माघ २७, २०८१
घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
आइतबार, माघ २७, २०८१
गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने 'सर्त' राखेर एआइजी बनाइएको थियो।
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार
आइतबार, माघ २७, २०८१
आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाँउपालिका र बाजुरा जिल्लाको हिमाली गाँउपालिका बीच झुगोलामा कर्णाली नदि पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो ।
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
आइतबार, माघ २७, २०८१
दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
साताको लोकप्रिय

