कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने

काठमाडौं - कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ ।
बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरूको कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय