डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

डडेल्धुरा - नवदुर्गा गाउँपालिका–५ मा बिहीबार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।
ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय