गैँडाको आक्रमणबाट घाँस काट्न गएका वृद्धको मृत्यु
                            
                            
                                                        
                                                    
                                                            नवलपुर - गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  २०:४८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
