Harsamaya
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु
कैलालीमा खोलामा डुबेका चार किशोरको शव ।

कैलाली - गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । 

बिहीबार नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । चारैजना पौडी खेल्ने क्रममा डुबेका थिए । 

डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन् । 

धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरहरुको समूह नुहाउनका लागि गएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update