स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८२/८३को बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताएका हुन् ।
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन
बिहीबार, जेठ १५, २०८२
संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३को बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने बताए ।
यस्ता छन् बजेटको उद्देश्य र प्राथमिकता
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।
बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु
बिहीबार, जेठ १५, २०८२
भारतको रक्सौलबाट फर्किदैं गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु...
गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता : अध्यक्ष दाहाल
बिहीबार, जेठ १५, २०८२
यसले सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्ण रुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको आर्थिक, सामाजिक...
राजावादीहरूले आजबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने
बिहीबार, जेठ १५, २०८२
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।
आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन : प्रधानमन्त्री ओली
बिहीबार, जेठ १५, २०८२
उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानी पूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।
पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
बिहीबार, जेठ १५, २०८२
विमला महतको गए राति १:४५ बजे ६० वर्षको उमेरमा निधन भएको पूर्व मन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।
आज बजेट आउँदै
बिहीबार, जेठ १५, २०८२
संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो ।
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते
बिहीबार, जेठ १५, २०८२
घाइते मध्य रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीय रोशनी घर्ती मगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलङ्कीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।
कोशी , बागमती , कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ सहित वर्षा
बिहीबार, जेठ १५, २०८२
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा...
आज १८औँ गणतन्त्र दिवस
बिहीबार, जेठ १५, २०८२
नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदै छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष पनि जेठ १४,...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बिहीबार, जेठ १५, २०८२
सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । महत्त्वपूर्ण काम सफल हुनेछ । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ । ध्यान बच्चाहरू र परिवारमा आजका दिनको केन्द्रित हुनेछ । तपाईँले आफ्नो जीवन भन्दा बढी तपाईँलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। साथीभाइ...
साताको लोकप्रिय

