Harsamaya
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं - नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

जेनजीको आन्दोलनपछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update