कस्तो छ तपाईंको राशिफल ?
शनिबार, चैत २, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३२ वर्षीय युवकको मृत्यु
शुक्रबार, चैत १, २०८१
नुवाकोटको विदुर नगरपालिका–६, सिंचाइ पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते
शुक्रबार, चैत १, २०८१
घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए । एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु
शुक्रबार, चैत १, २०८१
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।
यस वर्षको ‘महामूर्ख’को उपाधि मुख्यमन्त्री सतिशकुमार सिंहलाई
शुक्रबार, चैत १, २०८१
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार?
शुक्रबार, चैत १, २०८१
नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला रू १ लाख ७४ हजार ५ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
शुक्रबार, चैत १, २०८१
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो ।
बागलुङ-पोखरा चल्ने इभीको भाडा घट्यो
शुक्रबार, चैत १, २०८१
प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँचवटा बस सञ्चालन गरेको छ भने बागलुङ- नारायणगढका लागि पनि पाँचवटा बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए ।
तराईमा आज होली मनाइँदै
शुक्रबार, चैत १, २०८१
सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रूपमा होली पर्व मनाउने गरिएको छ ।
मेघगर्जन र चट्याङसहित वर्षा हुने
शुक्रबार, चैत १, २०८१
त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तपाईंको आजको राशिफल
शुक्रबार, चैत १, २०८१
कुम्भ
सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला । नत्र झमेला आउने समय छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । उता शरीरमा पनि कमजोरी देखिने छ । तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । पारिवारिक वातावरण...
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते (भिडियोसहित)
बिहीबार, फागुन २९, २०८१
सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको गाडी दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएका छन् ।
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
बिहीबार, फागुन २९, २०८१
उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागूपदार्थ सेवन गरेका आठ वटा छन् ।
साताको लोकप्रिय

